अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:२५

जनकपुरधाम । नेपाल पशुपंक्षी औषधी व्यवसायी घ मिथिला शाखामा जयराम महतोको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जनकपुरधाममा शनिवार आयोजीत संघको तेस्रो वार्षिक साधारणसभाबाट महतोका अध्यक्षतामा नव कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा रामसेवक साह सचिवमा अजय कुमार साह, सहसचिवमा रोशन कुमार साह र कोषाध्यक्षमा संजय कुमार यादव सर्वसम्मतिले चयन भएका छन् । संघका केन्द्रिय सदस्य उमेश साहको संयोजकत्वमा भएको सो कार्यक्रममा सदस्यहरुमा हरिलाल ठाकुर,खेमराज वुढाथोकी,गोपाल कुमार शर्मा र रामपृत ठाकुरलाई चयन भएका छन् । उमेश साहको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिमा प्रदिप कुमार दाहाल र दिनेश मैनाली समितिको सदस्यमा रहेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य उमेश साहले संगठनको विस्तार गर्नुका साथै संगठनलाई मजवुत बनाउनका लागि सबैलाई इमान्दार भएर अगाडी बढनुपर्ने आवश्यकता रहेको बताए । उनले कोरोना कालमा व्यवसायमा भएको क्षतिलाई बिर्सिदै नयाँ रुपले अगाडी बढेर आफनो व्यवसायसंग आवद्ध रहेका व्यवसायीहरुको हकहितका लागि सदैव एकजुट भएर बस्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News