अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:३०

जनकपुरधाम । उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुभ्mने पुरानो मानसिकतामा क्रमिक रूपले परिवर्तन हुँदै गएको बताएकी छन् ।

सखी बहिना मैथिलानी समुहद्वारा शनिबार जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होरी उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुखको संसार सम्झिने मनोविज्ञान अन्त्यको प्रयास हरेक क्षेत्रबाट हुनु जरूरी रहेको बताइन् । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उनले उल्लेख गरिन् । प्रदेशसभा सदस्य रामअशिष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राखे । समाजमा विकृतिको गन्ध विस्तार भइरहेको अवस्थामा सखी बहिना समूहको अभियानले विकृतिको अन्त्यसँगै संस्कारित समाजको निर्माणका लागि गरिरहेको पहल प्रशंसनीय रहेको उनले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख दीपक झाले सखी बहिना समूहले समाजमा महिला सशक्तिकरणको पक्ष र भाषा , सभ्यता , संस्कृतिको रक्षा गर्ने सवालतर्फ गम्भीरतापूर्वक क्रियाशील रहेको उदाहरण प्रस्तुत गरे ।

अभियन्ता डा अखिलेश झाले संस्था विधिवत रूपले दर्ता भई संगठित भएकोमा खुशी व्यक्त गर्दे एक जुट भई सभ्यता , संस्कृति , संस्कारको रक्षा गर्ने पक्षमा अग्रसर हुनु जरूरी भएको धारणा राखे । संस्थाका संस्थापिका आरती झाले संस्थालाई सबैले सहयोग गर्नु अपरिहार्य भईसकेको बताउँदै अगामी दिनमा महिलाका सीप र सिर्जनालाई प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने जानकारी दिइन् । उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशील रहेको प्रकाश पारिन् भने अग्रज सखी पुनम झा मैथिल , कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकास कार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गरिन् । उत्सवमा कुसुम विसौनाको जोगीरा टीमले जोगिरा , गायक नवीन मिश्र , गायिकाहरू संगीता देव ,श्यामा झा , बिन्दु ठाकुर , मीना ठाकुर, ज्योति झा र वन्दना झाले गोसाउनी र होरी गीत प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News