२०७७ चैत्र ८, आईतवार ०७:३७

जिल्लामा पैसा छाप्ने नक्कली मेसिनसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ। नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताउनुभयो ।पक्राउ परेका दनुवारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News