अपडेट 
२०७७ चैत्र ९, सोमबार ०७:०६

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्वाचनमा पदाधिकारीहरु नै प्रतिष्पर्धामा उत्रेका छन् ।

संघको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष र महासचिव भीड्ने भएका छन् । आइतवार वितरण गरिएको उम्मेदवारी फारममा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र महासचिव जितेन्द्र कुमार महासेठ मनोनयन पत्र लिएका छन् । अध्यक्ष पदमा दुई जना मात्र उम्मेदवारी दिने भएकाले सोझो प्रतिष्पर्धा हुनेछ । अगामी २८ गते मतदान हुने भएकोछ ।वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भण्डारी र मनिषरमण साहबीच प्रतिष्पर्धा हुने भएकोछ ।उपाध्यक्षमा भने सबै भन्दा बढी उम्मेदवार हुने संभावना छ ।श्याम प्रसाद साह, संतोष कुमार साह, लक्ष्मण साह , अनिल कुमार प्रधान, अम्भु प्रसाद साह, रमेश कुमार यादव र फुलगेन साहले उपाध्यक्षमा उम्मेदवारी दिन मनोनयन पत्र लिएको निर्वाचन समितिका अध्यक्ष सन्तोष कुमार साहले जनाएका छन् । तर महिला उपाध्यक्षमा भने एकजना दिपिका रायले मात्र मनोनयन पत्र लिएकी छन् ।उनले मनोनयन पत्र दाखिला गरेपछि निर्विरोध नै हुने छिन् । महासचिव पदमा पनि उम्मेदवारहरुको आकर्षण देखिएकोछ । महासचिव पदका लागि कृष्ण मुरारी साह , मनोज कुमार साह , रामकुमार महासेठ, अशोक कुमार चौधरी, सुधिर पजियार , मनोज कुमार साह र मनोज कुमार साहले उम्मदेवारी फारम लिएका छन् ।

त्यसैगरि सचिव पदमा फुलदेव पण्डित, सन्तोष कुमार महासेठ र गोपी कुमार साहचन्दन)ले मनोनयन फारम लिएका छन् । निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा परमेश्वर साह आशा), मनोज कुमार शर्मा र विजय कुमार साहले उम्मेदवारी दर्ताका लागि फारम लिएका छन् । एक मात्र एशोसिएट सदस्य पदका लागि एकजनाले मात्र उम्मेदवारी फारम लिएकाले निर्बिरोध हुने निश्चित छ ।हाल एशोसिएट सदस्य रहेका राजिव कुमार साह (चन्दन)ले मात्र फारम लिएको निर्वाचन समितिका अध्यक्ष साहले जनाए । तर एकजना महिला सदस्यका लागि दुई जनाले मनोनयन फारम लिएका छन् ।निर्वाचन समितिका अनुसार सरिता ठाकुर र माया कुमारीले उम्मेदवारी फारम लिएका छन् । कार्यकारी सदस्य पदका लागि रमेश महतो ,अनवर हुसेन ,धर्मेन्द्र साह, शंकर पासवान , श्रवण कुमार साह, दिलिप कुमार साह, नरेन्द्र विक्रम साह, प्रकाश कुमार साह,रंजित कुमार भगत ,राकेश कुमार साह र श्रवण प्रसाद रहेका छन् ।

Comment


Related News

Latest News

Trending News