अपडेट 
२०७७ चैत्र ९, सोमबार १५:२५

भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् ।

२४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी महाराष्ट्रका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीका कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् । केहीले भने कोरोनाको नयाँ प्रकार (भेरियन्ट) का कारण संक्रमण बढेको पनि बताएका छन् । यद्यपि अहिलेसम्म के कारणले संक्रमण बढ्यो भन्ने पुष्टि भएको छैन । अहिलेसम्म भारतमा कोरोनाबाट एक करोड १६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने करिब एक लाख ६० हजार जनाको मृत्यु भइसकेको छ । मार्च १५ देखि २१ सम्मको एक सातामा अघिल्लो साताको तुलनामा नयाँ संक्रमितको संख्या एक लाखले बढेको छ ।

अहिलेसम्म भारतमा चार करोड ५० लाखभन्दा धेरैले कोरोना खोप लगाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News