अपडेट 
२०७७ चैत्र ११, बुधबार ०७:००

जीतपुर । बाराको जीतपुरबाट प्रहरीले १२ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जीतपुरको टेडा रोडबाट १२ किलो गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानीपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष ५० की मिना देवी रहेकी छिन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर ,टेढा रोडमा प्लाष्टिकको जेब्रा झोला भित्र गाँजा लुकाई पटेर्वा सुगौलीतर्फ जान अटो कुरी रहेको अवस्थामा पक्राउँ गरिएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए । पक्राउ परेकी मिना देबीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News