अपडेट 
२०७७ चैत्र १२, बिहीबार ०७:२०

निजी क्षेत्रको हवाई संस्था यती एअरलाइन्सले काठमाडौं–वनारस–काठमाडौंको बुधबार परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर–नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिना अघि यतीले निवेदन दिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रिया अन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानको लागि प्राप्त गर्ने अनुमती अन्तिम चरणमा पुगेको छ । बुधबारको उडानको प्रतिवेदनसँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।

सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर–७२ र जेटस्ट्रिम वायुयान मार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

https://www.youtube.com/watch?v=mRnr5UiX31E&t=3012s

Comment


Related News

Latest News

Trending News