अपडेट 
२०७७ चैत्र १२, बिहीबार ०८:३०

पछिल्ला दिनहरुमा विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ ।

सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २ सय ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २७ लाख ५४ हजारभन्दा धेरै पुगेको छ । विश्वभर अहिलेसम्म १२ करोड ५३ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये १० करोड ११ लाख व्यक्ति निको भइसकेका छन् । २ करोड १३ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित अहिले पनि विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।

यस्तै छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ । सन् २०२१ पछि भारतमा सङ्क्रमण बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News