अपडेट 
२०७७ चैत्र १२, बिहीबार १०:२२

आगामी सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ ।

राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ । ‘राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको देखियो। सेप्टेम्बरदेखि हामी इ–पासपोर्ट दिन्छौं। त्यही भएर अहिले अत्यावश्यक नपरी नयाँ पासपोर्ट नबनाउन र नवीकरण नगर्न भनेका हौं,’ पाण्डेको भनाइ छ । उनका अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ । उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ । यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको प्रवक्ता पाण्डेले बताए ।

नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उनले बताए । अहिले संसारका १२० मुलुकले इ–पासपोर्ट जारी गरिसकेका छन् । सेवाग्राहीले इ–पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पाण्डेले बताए ।

Comment


Related News

Latest News

Trending News