अपडेट 
२०७७ चैत्र १२, बिहीबार १५:२६

एकमहिनादेखि बेपक्ता रहेका महोत्तरीको पीपराका झा दम्पतीको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।

पीपरा गाउँपालिकाको वडा नं। २ स्थित अतरा जानेबाटोमा दुबैजनको शव गाडेको अवस्थामा आज फेला परेको छ । सडक निर्माण अन्तर्गत दोश्रो चरणमा माटो बिछ्याउने क्रममा पीपरा बजारबाट अतरा जानेबाटोको डाईभर्सन भएको ठाउँमा माटोले पुरिएको अवस्थामा दुबैजनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो । प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि लग्ने तयारी गरको छ । शवको पोस्टमार्टम पश्चात मात्र शव झा दम्पतिकै हो या होइन भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झा दम्पक्तिलाई बेपत्ता पारेको आशंकामा केहिदिन अघि ३ छिमेकसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ

Comment


Related News

Latest News

Trending News