अपडेट 
२०७७ चैत्र १२, बिहीबार १६:१२

प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ ।

कीर्तिपुरबाट एक हजार दरको ५१  र ५ सय दरको ५७ वटा नोट बरामद भएको हो । यसअघि कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनले जाली नोट बोकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि सोधपुछ गर्दा कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । कीर्तिपुरमा रौतहट घर भएका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको सिंहले बताए । उनका अनुसार उनीहरुको साथबाट सेक्यूरिटी थ्रेट बनाउने कच्चा पदार्थ पनि बरामद भएको छ । थप अनुसन्धान जारी छ ।

Comment


Related News

Latest News

Trending News