अपडेट 
२०७७ चैत्र १२, बिहीबार १९:०१

विद्यालय तहमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र कक्षा छाड्ने दर घटाउन ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ सञ्चालन गरिएको छ ।

बालिकाहरुको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र तल्लो कक्षाका छात्राबीचको वृहत् सञ्जाल बनाइ सञ्चालित यो कार्यक्रमले शिक्षाको गुणस्तरवृद्धि र स्थानीय सरकारलाई विद्यालय सुशासनमा पनि सहयोग पुगेको सरोकारवालाले जनाएको छ । भिएसओ नेपालको सहयोगमा आसमान नेपालद्वारा आठ वर्षदेखि सञ्चालित उक्त कार्यक्रमवारे पर्सामा आज शिक्षा पत्रकार समाजले आयोजना गरेको प्रदेशस्तरीय छलफलमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुले समिक्षा गरेका छन् । ‘ठूली दिदी’ले ‘सानी बहिनी’लाई पढाइ र घरायसी काममा समेत पूर्वाधार तथा अन्य पक्षमा सघाउने स्वयंसेवी कामले बालिकाहरुको अधिकारको प्रवद्र्धनमा टेवा पुगेको भिएसओकी प्रतिनिधि प्रिति शर्माले बताइन् । सो परियोजना वीरगन्ज महानगरपालिका लगायत पर्साका आठवटा स्थानीय निकायमा संचालित १२ विद्यालयका प्रतिनिधिहरुले कार्यक्रममा जानकारी गराएका थिए । परियोजनाले बाल संरक्षण तथा सुरक्षा, सामुदायिक स्वयंसेवी कार्यक्रममार्फत अभिभावकको सहभागिता आदि क्षेत्रमा सुधार गरेको सरोकारवालाको दावी छ । उक्त परियोजना चैत १८ गते सम्पन्न हुँदैछ ।

परियोजनाले सीमान्तकृत समुदायका बालिकाहरुलाई विद्यालयमा टिकाउने, गुणस्तरीयरुपमा सिकाउने, भविष्यमा सक्षम जनशक्ति तयार गर्ने र उनीहरुलाई माध्यमिक तहसम्म लैजाने लक्ष्य लिएर सञ्चालित कार्यक्रमको ९४ प्रतिशत सफलता रहेको आसमान नेपालका पर्सा जिल्ला संयोजक मुनीलाल बैठाले जनाए । उनले दाइजो प्रथा बालविवाह जस्ता कुप्रथाको अन्त्य गराउन पनि पयिोजनाले योगदान दिएको जनाए । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले यस्ता सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई साझेदारीका आधारमा स्थानीय तहबाट निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले गैर सरकारी संस्थाको सहयोगमा बालिका शिक्षालाई प्रबद्र्धन गर्न सञ्चालित कार्यक्रमलाई अगामी दिनमा स्थानीय तहको सहयोगमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले यस्ता कार्यमा अन्य संघसंस्थालाई पनि सघाउन आग्रह गरे ।

कार्यक्रममा पुर्व मन्त्री एवम प्रदेश सभासदस्य करिमा वेगम,पोखरिया नगपालिकाका उपमेयर सलमा खातुन ,विन्दवासीनी गाउपालिकाका उपाध्यक्ष किरण गुप्ता लगायतका नेताहरुले आसमान नेपालले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तनको प्रशंसा गर्दै कार्यक्रमलाई निरन्तता दिने अनुरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News