अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ०७:२८

जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन अटेर गर्दै प्रदेश प्रमुख राजेश झा अहिराजले महोत्सव उदघाटन कार्यक्रममा सहभागी भएका छन् ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले रौतहटमा मेला, पर्व, महोत्सव, सार्वजनिक कार्यक्रम,जात्रा आदिमा भिडभाड गर्न र मानिसहरु भेला, जुलुस गर्न नपाइने गरेको निर्देशन विपरित प्रदेश प्रमुख झाले महोत्सवमा सहभागि भएका हुन् । गढिमाई नगरपालिकामा आयोजित महोत्सवमा प्रमुख झा सहभागि भएको हो । कोभिड संक्रमितको संख्या बढदै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले चैत ११ गते राती देखि जिल्लामा भेला, मेला र सभा सम्मेलन सहित जुलुश गर्न अर्को निर्णय नभए सम्म रोक लगाउने निर्णय गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रद्व यादव लगायतको उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ

Comment


Related News

Latest News

Trending News