अपडेट 
२०७७ चैत्र १३, शुक्रबार १०:४१

सत्तारूढ नेकपा (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकले पार्टी विधानअनुसार पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्ने यो समूहका नेताहरुले जानकारी दिएका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आजै संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको यो समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने र सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुने भट्टराईले जानकारी दिनुभयो ।

खनाल नेपाल समूहले भने आफूहरू संसदीय दलको सहभागी नहुने खनाल नेपाल समूहले जनाएको छ। बिहीबार साँझ यो समूहका ४ नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका छन्।

Comment


Related News

Latest News

Trending News