अपडेट 
२०७७ चैत्र १३, शुक्रबार १७:२२

वीरगन्ज,चैत्र १३ | अंग्रेजी सम्राज्यबाट स्वतन्त्र भएको ७५औ बर्षको उपलक्ष्यमा भारतीय महावाणिज्य वीरगञ्जले विभिन्न कार्यक्रम गरी आजादीको अमृत महोत्सव मनाएको छ ।

आजादीको ७५ औ बर्षको उपलक्ष्यमा महावाणिज्य दुतावासले शुक्रबार बिहान स्वतन्त्रता दौडको आयोजनासंगै “आजÞादी का अमृत महोत्सव ”उत्सव शुरु गरेको हो । उक्त दौड कार्यक्रमलाई महावाणिज्यदुत नितेश कुमार एवम पर्साका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले संयुक्तरुपमा झन्डा देखाएर दौडको सुरुवात गर्नुभएको थियो । वीरगन्ज स्थित महावाणिज्य दुतावास परिसरबाट सुरुभएको दौड प्रतियोगीता वीरगन्जको घन्टाघर हुदै पावर हाउस चौक हुदै पुन दुतावासमा पुगी सम्पन्न भएको थियो । दौड प्रतियोगीता महावाणिज्य दुतावासका राजनैतिक वाणिज्यदूत शैलेन्द्र कुमार,सुचना तथा सांस्कृती बाणिज्यदुत सुरेश कुमार लगायतका कर्मचारी ,पर्साका सुरक्षा अधिकारी,विभिन्न कार्यालयका प्रमुख ,उधोगी व्यापारी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नागरिक समाजका सदस्यहरु, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, डाक्टरहरू, पत्रकार र एनजीओका सदस्यहरूको सहभागिता थियो। वाणिज्य दूतावासका सबै सदस्यहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए ।

Comment


Related News

Latest News

Trending News