अपडेट 
२०७७ चैत्र १४, शनिबार ०७:१५

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । मस्तिष्कघात भई फागुन १४ नेता जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक–पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

 

Comment


Related News

Latest News

Trending News