अपडेट 
२०७७ चैत्र १४, शनिबार ०७:१९

इजिप्टको मध्य क्षेत्रमा भएको रेल दुर्घटनामा ३२ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य १ सय ६५ जना घाइते भएका छन् । सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात व्यक्तिले आपतकालिन ब्रेक सक्रिय पारेका कारण अर्को रेलमा ठोकिएर दुर्घटना भएको बुझिएको छ । दुर्घटना राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा भएको हो । राष्ट्रपति अब्दुल फतह अल- सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News