अपडेट 
२०७७ चैत्र १४, शनिबार ०७:३६

बीरेन्द्र बजार(सप्तरी) । जसपा निकट जनबर्गिय संगठन जनता समाजवादी थारु संघले रेशम चौधरी रिहाई राष्ट्रिय अभियानको घोषणा सप्तरीबाट गर्ने तयारी गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ स्थित माबी भगवतपुरमा चैत २० गते विशाल जागरण सभाको आयोजना गरि राष्ट्रिय अभियान घोषणा गर्ने तयारी गरेको हो । सभाको तयारीका लागि थारु संघको अगुवाईमा गाउँ, टोल, स्थानीय तह र निर्वाचन क्षेत्र स्तरीय भेला, छ्लफललाई निरन्तरता दिएको छ । सोही क्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्थित कंचनपुरमा शुक्रबार बृहत भेला आयोजना गरिएको छ । जसपा केन्द्रिय सदस्य एबम जागरण सभा आयोजक समितीका संयोजक कल्पना चौधरीको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य अनिरुद्व सिंह यादवको प्रमुख आतिथ्यमा क्षेत्रीय भेला आयोजना गरिएको थियो । भेलामा बोल्दै बक्ताहरुले साँसद रेशम चौधरी र टिकापुर थारु बिद्रोहका राजबन्दीहरुलाई बिनासर्त रिहाई तथा थारु नेताहरु माथी लगाएका झुठामुद्वा खारेज नगरे सम्म आन्दोलनलाई जारी राख्नुपर्नेमा जोड दिए । टिकापुर थारु बिद्रोह बिशुद्व राजनैतिक मुद्वा भएको जिकिर गर्दै बक्ताहरुले राजनैतिक रुपमा समस्य हल गर्न सरकारलाई आग्रह गरे । बक्ताहरुले रेशम चौधरी लगायतका नेताहरूलाई रिहाई नगरे सशक्त आन्दोलन गर्नु पर्ने सुझाव दिदै चैत २० गतेको जागरण सभामा जनसभागिताको साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।

भेलालाई जसपाका केन्द्रियहरु सदस्य अनिरुद्व प्रसाद सिंह यादव, सुर्यनाथ यादव, बिनोद चौधरी, महेन्द्र प्रसाद चौधरी , कुमरनाथ मिश्रा, श्याम सरदार, पुर्व साँसद लक्षमि चौधरी, जिल्ला अध्यक्ष केदार प्रसाद यादव नेता सकिल अलि, थारु बिद्विजिबी जबाहारलाल चौधरी, लगायतकाले सम्बोधन गरे । यसैगरी भेलामा जसपा सप्तकोशी नगरपालिका अध्यक्ष राम कुमार यादव, कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादव, रामदेव मण्डल, हनुमान कंकालिनी नगरपालिका अध्यक्ष बिरेन्द्र माझी, रामचन्द्र साह, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष रामदेव यादव, सत्य नारायण चौधरी सहितका नेताकार्यकर्ताहरुले बिचार व्यक्त गरेका थिए । किशोर कुमार लेखीद्वारा संचालित कार्यक्रममा स्वागत जसपा स्थानीय नेत्री कल्पना चौधरीले गरिन ।

जनता समाजवादी पार्टी थारु संघ केन्द्रिय समितिको आयोजनामा आयोजित राष्ट्रिय जागरण अभियान घोषणा सभालाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गर्ने तयारी समितीका संयोजक चौधरीले जानकारी दिईन ।

Comment


Related News

Latest News

Trending News