अपडेट 
२०७७ चैत्र १५, आईतवार ०७:०२

शनिवारको नागरिक दैनिकमा प्रकाशित रविन साय्मीको एउटा कार्टूनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई काँधमा बोकेका छन । प्रधानमन्त्री ओली दुबै हातको औंलाले बिजय चिन्ह बनाएर रमाएका छन । अध्यक्ष प्रचण्डको मुखबाट शब्दहरु निस्किएका छन – छुद्र, अहंकारी, दम्भी, घमण्डी, बिदेशी दलाल… रविनको यो कार्टुनले सामयिक राजनीतिलाई कटाक्ष गरेकोछ ः अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीका नाममा दिएको संसदीय समर्थन फिर्ता लिएका छैनन । प्रधानमन्त्री ओलीले प्रचण्डले आफना बिरुध्द लगाएको ‘उन्नाइस पृष्ठ लामो, अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप’ बिर्सिएका छैनन । यो कस्तो राजनीति हो ! यत्रो बिरोध र बिबादपछि पनि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको ‘राजनीतिक’ समर्थन फिर्ता लिएका छैनन । यो ड्रामाले राजनीतिमा रुचिराख्ने सबैमा एकप्रकारको कौतुहलपूर्ण मनस्थितिको सिर्जना गरेको छ ।

जनताको तहमा यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको बिकल्पमा सरकार बनाउन सक्रिय नभएकोमा आलोचित छन । सभापति देउवाले आफनो दलले ओली सरकार बिरुध्द अबिश्वासको प्रस्ताव पनि नल्याउने र सरकार बनाउने दावी पनि नगर्ने बताएका छन । उनले माओवादीले ओली सरकारलाई दिएको संसदीय समर्थन फिर्ता नलिएसम्म परिस्थिति अनुकूल नहुने बताएका छन । तर, परिस्थितिको निर्माणगर्ने दायित्व सभापति देउवाको हो । सरकार चलाउने कुरामा माओवादीसंग उनको कुरा नभएको होइन । यति हुँदाहुँदै पनि सभापति देउवा शिथिल छन भने यो उनको अन्तर्मनको कारणले होइन । प्रधानमन्त्री ओलीको बिकल्पमा प्रधानमन्त्री बन्ने त सभापति देउवा नै हुन । सुदूर पश्चिमका मानसपुत्रका रुपमा चिनिएका सभापति देउवाको कानमा महाकाली पारीका आवाज प्रतिध्वनित नभएको भए उनी शिथिल हुने थिएनन । उनको यो बिचारको प्रतिकार उनको आफनै पार्टीभित्र भएकोछ र पनि सभापति देउवा ती आवाजहरुलाई सुनेको नसुनेको गरि रहेका छन । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संसदको प्रतिष्ठा कायम राख्नका लागि पनि प्रधानमन्त्री ओलीको बहिर्गमन खोजी रहेका छन । कांग्रेसका महामन्त्री शशांक कोइरालाले केही दिन अघि दश दिनभित्र प्रधानमन्त्री ओलीका बिरुध्द अबिश्वासको प्रस्ताव दर्तागर्ने बताएका थिए ।

तर, उनको बचन र बिचार पूरा भएन । अहिले काठमाडौंका नेता प्रकाशमान सिंह प्रधानमन्त्री ओली हटाउने अभियानलाई सक्रिय बनाउन खोजी रहेका छन । उनले यो अभियानमा सफलता हासिलगर्ने सम्भावना छ । उनले आफना चालहरु कसरी चल्दछन ? त्यसैमा धेरै कुरा निर्भर रहेकोछ । प्रकाशमानले छरछिमेक, बिशेष गरेर भारतसंगको सम्बन्धलाई कसरी अगाडि बढाउँछन ? यो मुख्य कुरा हो । सर्वमान्य नेता गणेशमान सिंहको सुपुत्र भएकाले प्रकाशमान सिंहलाई भारतीय नेताहरुले स्नेह र सम्मानका साथ हेर्ने त निश्चित नै छ । तर, त्यतिमात्र पर्याप्त छैन । नेपालमा राजनीतिगर्ने नेताहरुले भारतमा आफनो ‘ पीआर’ मजबूत बनाउनु आबश्यक हुन्छ । कांग्रेस र माओवादी राजनीतिको समानान्तरमा महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री ओलीले सरकारमा सामेलहुन वार्ताको लागि बोलाएका छन । प्रधानमन्त्री ओलीले यतिखेर संसदको अस्तित्वसंग घिङन्याइ गरेका छन । उनले पुनस्र्थापित संसदमा बिश्वासको मत लिनुपर्ने अवस्थालाई नै उल्लंघनगर्न खोजेका हुन । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षसंग आफनो सरकारलाई समर्थनदिने आग्रहगर्दा ठाकुर र महतोले उनलाई संसदको सम्मान गर्नुपर्ने कुरा सम्झाएका छन कि छैनन ? महत्वपूर्ण प्रश्न यो पनि हो । सरकारलाई समर्थन गरे बापत टिकापुर घटनामा आरोपित भै कैद ठोकिएका सांसद रेशम चौधरीको रिहाइसंगै जसपाका अन्य मांगहरुको सम्बोधनगर्ने ‘आश्वासन’ प्रधानमन्त्री ओलीले दिएका छन ।

जे सुकै भएपनि, प्रधानमन्त्री ओलीको वचनको बिश्वसनीयता छैन । यस अघिपनि, प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई उप–प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनाउने बेला रेशम चौधरीको रिहाइ सहित मधेशका मांगहरुपूरागर्ने वचन दिएका हुन । तर, ेशम चौधरीको रिहाई कानूनी झेलमा अल्झियो भने मधेशका अरु मांग पनि त्यत्तिकै हराए । उपेन्द्र यादव बडो तितो वातावरणमा ओली नेतृत्वको सरकारबाट बाहिरिएका थिए । अहिले प्रधानमन्त्री ओलीसंग वार्ताको शीर्ष बिन्दूमा रहेकाजसपाका अध्यक्ष महन्थ ठाकुर । उनी तीक्ष्ण बुध्दिका सुयोग्य राजनीतिक ब्यक्तिहुन । उनले प्रधानमन्त्री ओलीसंग आफनो स्वार्थका खातिर वार्तागर्ने होइनन । ओली नेतृत्व अन्तर्गत मन्त्री पदको लालशा पक्कै छैन महन्थमा । महन्थका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद छाडने होइनन । प्रधानमन्त्री ओलीसंग वार्तागर्नमहन्थको नेतृत्वमा अग्रसरता लिएका नेताहरुको अवस्था यतिबेला ‘कहूँ तो माँ मरजाये, न कहूँ तो बाप कुत्ता काट खाये’ भनेजस्तो छ । एकातिर, प्रधानमन्त्री ओलीसंग भएको वार्ता सफल हुन्छ र मांगहरु पूरा हुन्छन भन्ने बिश्वसनीयता प्रत्याभूत छैन । अर्कोतिर, जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादब र अशोक राई ‘प्रतिगमनकारी’ प्रधानमन्त्री ओलीको सरकारलाई कुनै हालतमा पनि जसपाले समर्थन दिने पक्षमा छैनन । निकै अप्ठेरो अवस्थामा परेकोछ महन्थको नेतृत्व ।

महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुले राम्रोसंग बुझनुपर्ने एउटा कुरा के हो भने – प्रधानमन्त्री ओलीले सामान्य रुपले चाहेर वा चाहेको देखाएर मात्रै रेशम चौधरीको कारामुक्ति सहज छैन । रेशम चौधरी बिरुध्दको मुद्दा सरकारले यसरी प्रस्तुत गरेकोछ कि टिकापुर आन्दोलनको क्रममा जति पुलिस मारिए, जनता मारिए र एउटा बच्चा मारियो, ती सबै घटनाको नियति रेशम चौधरीसंगै जोडिएकोछ । त्यतिबेला रेशमले उठाएको भीडले जानीबुझी बदलाको भावनाले प्रेरित भएर यो हत्याकाण्ड गरेको हो भन्ने जीकिर गरेकोछ मुद्दा दायरगर्ने सरकारी संयन्त्रले । सरकारका बिरुध्द लक्षित आक्रमणगर्ने रेशम चौधरीलाई कडा कानूनी पकडमा जेलिएकोछ । यसैमा बिचार गरेपुग्छ । महन्थ नेतृत्वको वार्ता टोलीलाई यो कुरा राम्ररी थाह छ – प्रधानमन्त्री ओलीले चाहेमा राष्ट्रपतिको बिशेष आदेशले रेशम चौधरी तत्काल मुक्त हुनसक्छन । प्रधानमन्त्री ओलीले मधेश र मधेशीप्रति साँच्चै सदाशयता देखाउने हो भने यो बिकल्पमाथि बिचार गर्नुपर्ने हो । अदालतको कुनाकाप्चामा रेशम चौधरीको मुद्दामा मेघा दायर गर्नेको त्रुटी देखाउने केही अडकेकोछ कि भनेर त्यसको खोजीनीति गर्नु भनेको दिन कटाउने मेलोमात्रै हो ।

महन्थ ठाकुरले अहिलेको समयमा प्रधानमन्त्री ओलीसंग लगान गाँठो कस्न खोज्नु ‘पोलिटिकल्ली करेक्ट’ होइन । महन्थले आपूmलाई राष्ट्रिय राजनीतिमा केन्द्रित गरेर आफनै नेतृत्वमा सरकार बनाउन पहलगर्ने हो भने त्यो कदम बढी समीचिन हुन्छ । उनको ज्ञान, ब्यक्तित्व र सूझबूझलाई रुचाउने र अहिले पनि उनको आदरगर्ने ब्यक्तिहरुको कमी छैन नेपाली कांग्रेसमा । माओवादीले पनि उनको प्रधानमन्त्रित्वलाई न सकार्ने कुरा छैन । यो अवस्थामा उनी किन अगाडि बढेका छैनन ? किन प्रधानमन्त्री ओलीसंग सहकार्यका लागि सक्रिय छन ? यो महन्थले बुझने कुरा हो । निश्चय पनि, महन्थले अरु कसैले भन्दा कुरा बढी बुझेका छन । त्यति हुँदाहुँदै पनि उनी किन चूपचाप छन ?

Comment


Related News

Latest News

Trending News