अपडेट 
२०७७ चैत्र १५, आईतवार ११:३८

१५ दिने माध्यमीकी परिक्रमा पश्चात जनकपुरधाम पुगेका परिक्रमा यात्रुहरुलाई सेवा गर्ने उदेश्यले जनकपुरधाममा विभिन्न संघ संस्थाले कार्यक्रमको आयोजना गरि यात्रुहरुलाई सहयोग गरेको छ ।

अन्तरगृह परिक्रमाको क्रममा परिक्रमा सडकको विभिन्न ठाउमा विभिन्न संघ संगठनले तिर्थालुहरुलाई सहयोग गर्नका लागि पानी देखि लिएर औषधी सम्मको व्यावस्था गरेको देखिएको थियो । सोहि क्रममा मिथिला एकता समाजले परिक्रमामा गर्न आएका तिर्थालुहरुलाई फलफुल र पानीको व्यवस्था गरेको छ । समाजले शनिवार देखि नै जनकपुरधामको भानुचौकमा शिविर आयोजना गरि विभिन्न किसीमको फलफुलका साथै पानी,खानेकुरा र चिया सम्मको प्रवन्ध मिलाएको र सो बाट हजारौ श्रद्धालुले लाभ लिएको समाजका अध्यक्ष डीके चौधरीले वताए । चौधरीका अनुसार संस्थाले श्रद्धालुहरुलाई सेवा गर्नका लागि प्रत्येक वर्ष शिविर संचालन गरि सेवा गर्दै आएको वताए । सेवा गर्ने उदेशयलेनै संस्थाको निमार्ण गरिएको र संस्थाले परिक्रमामा शिविर लगाएर सहयोग गर्नुका साथै अन्य समयमा पनि विभिनन किसीमको कार्यक्रमहरु गर्दै आएको वताए ।

Comment


Related News