अपडेट 
२०७७ चैत्र १६, सोमबार ०७:३५

जनकपुरधाम । होली पर्वको अवसरमा आयोजित विशेष कार्यक्रममा यस वर्षको महामुर्खको उपाधी चर्चित हास्य कालाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह )जोडीलाई प्रदान गरिएको छ ।

होली महोत्सव तथा महामुर्ख सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलाकारद्वयलाई महामुर्खको उपाधी प्रदान गरे । होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा महामुर्ख सम्मेलनको आयोजना गरिएको थियो । केहि वर्षदेखि आयोजक संस्थाले रकम लिएर विभिन्न उपाधी वितरणगर्न थालेकोछ ।त्यसकारण कार्यक्रम जानकी मन्दिर परिसरमा आयोजना गरिएपनि सहभागिता कम हुन थालेको बताइन्छ । यस वर्ष महामुर्खको उपाधि प्रख्यात कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अर्चायलाई प्रदान गरेको छ । त्यसैगरि, कवि शिरोमणिको उपाधी प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा,जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द,राजनीतिकर्मी राजिव झालाई वंश कुरहैर पदवीदिएको छ ।

त्यसैगरि जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरियो ।

Comment


Related News

Latest News

Trending News