अपडेट 
२०७७ चैत्र १६, सोमबार ०७:४२

लामो समयदेखि स्थगित प्रदेशसभाको बैठक आउँदो चैत ३० गते बस्ने भएको छ ।

प्रदेश प्रमुख डा. राजेश झाले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । यसअघि प्रदेशसभाको बैठक कात्तिकको पहिलो साता बसेको थियो । कात्तिक महिनापछि सरकारले बिजनेश दिन नसकेपछि बैठक बस्न सकेको थिएन् । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकको लागि सिफारिस गरेपछि प्रदेश प्रमुख झाले चैत ३० गतेको लागि बैठक आह्वान गरेका हुन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News