अपडेट 
२०७७ चैत्र १६, सोमबार १३:२६

काठमाण्डौको शङ्खरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् ।

शङ्खरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डौका एसएसपी अशोक सिंहले जानकारी दिएका छन। उनीहरुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सिंहले बताउनुभयो । स्थानीय एक डेरीमा राखेको एसिड होली खेल्ने क्रममा पानी भनेर उनीहरुले प्रयोग गरेको पाइएको छ । प्रहरीले एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ तथा डेरी सञ्चालक केशव नेपाललाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ । 

Comment


Related News

Latest News

Trending News