अपडेट 
२०७७ चैत्र १६, सोमबार १६:४२

नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै थप ८२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् । नेपाल हाल १३ सय ४१ जना आइशोलेशन र ५६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ६४ हजार २६८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News