अपडेट 
२०७७ चैत्र १८, बुधबार ०६:५०

आगामी साउन १ गतेदेखि वृद्धाभत्ता बढ्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’ उहाँले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाउनुभयो । नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News