अपडेट 
२०७७ चैत्र १८, बुधबार ११:३१

महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेका छन् ।

उनीहरुलाई भारती प्रहरीले सीतामढी रेल्वे स्टेसनबाट फेला पारेको हो । उनीहरुको साथका अरुकोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ । उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताईएको छ । उनीहरुलाई सीतामढीबाट घर ल्याउन लागेको भंगहाका मेयर संजिव साहले बताए । ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News