अपडेट 
२०७७ चैत्र १९, बिहीबार ०७:२१

जलेश्वर ।महोत्तरी जिल्लाको भँगहा नगरपालिकाबाट हराएका ७ जना नाबालिकाहरु विहिवार नेपाल फर्किने छन् ।

भारत बिहार राज्यको सीतामढी जिल्लाको रेलवे प्रहरीको नियन्त्रणमा रहेका बालिकाहरुलाई परिवारलाइ हस्तारण गरिने भारतीय रेलवे सीतामढीका एसपी अशोक कुमार सिँहले बताए । घरबाट मंगलवार दिउँसो घाँस काट्न निस्केका सातै जना बालिकाहरु भिठ्ठामोडबाट राती नै सीतामढी पुगेका थिए ।उनीहरुलाइ ेलवे स्टेशनबाट अलपत्र अवस्थामा बुधवार बिहान रेलवे प्रहरीले नियन्त्रणमा लिएको थियो । भँगहा नगरपालिका वडा नम्बर ८ धरमपुरका ती बालिकाहरु दलित पासवान जातीका रहेका छन् ।उनीहरुको घरमा हिजोदेखि चुल्हो बलेको छैन् ।घरबाट भाग्ने क्रममा रीयाले ४ हजार रुपैया लगेको उनकी आमा सुनीता कुमारीले बताइन् । सबै बालिकाहरु भारतमा सकुशल रहेको जनाउँदै प्रदेश २ का डीआइजी धिरजप्रताप सिहले नेपाल ल्याउने प्रकृया भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News