अपडेट 
२०७७ चैत्र १९, बिहीबार ०७:२८

मलगंवा । सर्लाहीको कौडेना गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना गरिएको छ ।

गाउँपालिका प्रमुख राम प्रसाद रायको अध्यक्षता तथा उपाध्यक्ष सुनिता देबी चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमका बीच हेल्प डेस्कको स्थापना गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष रायले बताए । सम्पुर्ण समावेशी समाज विकासका लागि अपांगता ब्यक्तिका लागि सहायता कक्ष धेरै महत्वपूर्ण रहेको गाउँपालिका उपाध्यक्ष चौधरीले बताइन् । हेल्प डेस्क स्थापनाले पालिका भित्रका अपाङ्गता भएकालाई सहायता कक्षले टेवा पुग्ने महिला बालबालिका शाखा प्रमुख खुशबु जयसवाले बताइन् । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत सुरेस साह, एसएनभी नेपालका जिल्ला संयोजक अम्बिका यदब, अपाङ्ग संजालका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News