अपडेट 
२०७७ चैत्र १९, बिहीबार ०७:३२

धनुषाको हँसपुर नगरपालिका वडा नं. ४ मधुकरहीस्थित रिजवी इदगाहको कम्पाउण्ड वाल निर्माण हुने भएको छ ।

बुधबार एक कार्यक्रमका बीच हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले शिलान्यास गरेपछि कम्पाउण्ड वाल निर्माण प्रारम्भ भएको छ । ११ लाख ८४ हजार ९ सय १८ रुपैयाँको लागतमा निर्माण हुन लागेका कम्पाउण्ड वाल आउँदो २०७८ जेठ मसान्त भित्र तयार हुने भएको छ । पालिका भित्र रहेको हरेक धर्म, जातजातिहरुको संरक्षणमा लागिपरेको मेयर मण्डलले बताए । मुस्लिमहरुले इद पर्वको अवसर पारेर नमाज अदा गर्ने स्थलको संरक्षण गर्न पालिकाले अगामी दिनमा पनि सहयोग गर्ने मेयर मण्डलले बताए । मुस्लिमहरुको महान पर्व रमजानको समापनमा मनाउने इदको दिन नमाज अदा गर्न उनीहरु इदगाहमा जाने गरेका छन् । सबै धर्म, जातजातीको संरक्षण र संवद्र्धन गर्न नगरपालिकाले हरसम्भव प्रयास गर्ने उनले थपे । आयोजना पुरा भएपछि पाँच सय जना लाभान्वित हुने अनुमान गरिएको छ । उपभोक्ता समिति अध्यक्ष इब्राहिम कवारी, जनता समाजवादी पार्टी, नेपाल हँसपुर नगरपालिका अध्यक्ष लालबाबु यादव, अमिर खान, सुधिर मण्डल लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News