अपडेट 
२०७७ चैत्र १९, बिहीबार १५:१०

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले २६ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

बुधबार अपरान्ह पटेर्वासुगौली–२ अखवा टोल बस्ने रामेश्वर पञ्जियारको घरबाट गाँजा बरामद गरेको भएको हो । पञ्जियारको घरबाट जुटको बोराभित्र दुईवटा हरियो प्लाष्टिकको डब्बामा राखिएको गाँजा २६ किलो ५ सय ग्राम, गाँजा च्याप्ने मेसिन १ थान, २ सय ग्राम, १ सय ग्रामको र ५० ग्रामको ढक १/१ थान र तराजु १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । पंजियार फरार रहेकाले उनको खोजी भइरहेको कार्कीले बताए ।

Comment


Related News

Latest News

Trending News