अपडेट 
२०७७ चैत्र १९, बिहीबार १६:२२

प्रतिनिधिसभा अन्तरर्गत सार्वजनिक लेखा समितिले काठमाडौ तराई मधेस दुर्त मार्ग फास्ट–ट्र्याकको ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।

विहिबार लेखा समितिले रक्षामन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसंग छलपल गर्दै समितिले काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट–ट्र्याक)को प्याकेज–२ अन्तर्गतको ठेक्का रद्द गर्न निर्देशन दिएको हो । समितिले खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्‍चालन नभएको निष्कर्ष निकाल्दै खरिद प्रक्रिया रद्द गर्ननिर्देशन दिएको समितिले जनाएको छ । छलफलमा सांसद डा. मिनेन्द्र रिजालले समिति बनाएर छानविन गर्ने पक्षमा आफु नरहेपनि टेन्डरको प्रक्रियाले बढि समय लाग्ने बतताउनुभयो । उहाले अहिलेको समयमा थप अध्ययन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा समिति सभापति भरत शाहले संसदले बनाएको नियम कानुन नै लागु नभएको बताउनुभयो । उहाले संसदले निर्माण गरेको नियम कानुन नै लागु नहुने भए किन कानुन बनाएको हो भन्दै प्रश्न समेत गर्नुभयो । सभापति शाहले सम्पूर्ण सरोकारवाला निकायसंग सहकार्य भएपनि कार्यान्वयनको पक्ष फितलो भएको बताउनुभयो । सेनाले प्याकेज नम्बर–२ का लागि गरेको टेन्डरमा एउटा मात्रै कम्पनीबाट आर्थिक प्रतिस्पर्धा गराएको थियो ।

Comment


Related News

Latest News

Trending News