अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ०७:१४

पोखरिया । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले महिलाको लागि विशेष व्यवस्था गरेको बताएका छन् ।

सबै निकायमा पचास प्रतिशत आरक्षण दिएर महिलाको लागि विशेष व्यवस्था गरेको उनले बताए । अव प्रदेशका सम्पुर्ण सरकारी कार्यालयमा मधेशकै महिलाहरु प्रमुख हुने तर्क उनको थियो । प्रदेश सरकारले लागु गरेको बालिका स्वर्ण बिमा कार्यक्रममा प्राविधिक समस्या आएकोले केही दिनको लागि स्थगित भएको उनले स्वीकारे । केही दिन भित्रै कार्यक्रम पुनः सुचारु हुने उनले थपे । कक्षा ८ मा पढ्ने छात्राहरुलाई सरकारले साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिदै प्रदेशका सबै सामुदायिक विद्यालयलाई साइकल उपलब्ध गराउने मुख्यमन्त्री राउतले जानकारी गराएका थिए । छोराछोरीमा विभेद नगरेर सबैलाई विद्यालय पठाउन मुख्यमन्त्री राउतले अभिभावकहरुमा आग्रह समेत गरे । मुख्यमन्त्री राउतले पर्साको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबन कटैयामा आयोजित श्रीबिष्णु महायज्ञको कलश यात्राको उद्घाटन गर्दै शिक्षाको विकास बिना प्रदेशको विकास सम्भव नरहेकोले यसमा विशेष ध्यान दिन अभिभावकहरुलाई आग्रह गरे । श्री बिष्णु महायज्ञबाट देशमा सुख, शान्ति कायम गर्छ र साथै जनमानसमा आपसी भाईचारा कायम गर्छ पुरानो महाऋषीमुनीहरुले ६ महिना महायज्ञ गरेका थिए । आफ्नो गाउँ ठाउँ र देशमा सुख शान्तिको लागि हवन साधुसन्तहरुले गराएका छन् । कौवाबन कटैयामा भईरहेको श्री बिष्णु महायज्ञमा मुख्यमन्त्री राउतले एक लाख एक हजार नगद सहयोग समेत गरेका छन् ।

उद्घाटन कार्यक्रममा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियारले श्रीबिष्णु महायज्ञबाट देशमा सुख शान्ति कायम होस् , भाईचारा कायम रहोस्, जातिय भेदभाव अन्त होस् भने कामना गरेका थिए । कार्यक्रममा प्रदेश सांसद मंजुर अंसारी, प्रदेश सांसद जन्नत अंसारी, प्रदेश सांसद करिमा बेगम ,सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । श्रीबिष्णु महायज्ञ कौवाबन कटैयाका अध्यक्ष जवाहर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता जसवन्त यादव,जसपाका फिरोज मियाँ ,वडाध्यक्ष सलिम मियाँ , स्थानिय भुलन अंसारी, श्रीबिष्णु महायज्ञको आचार्य लवकुश बाबा, मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादव, अनिरुद राउत कुर्मी, रुपनारायण कुर्मी, सहिद अंसारी, रोजिद मियाँ अलिअख्बर मियाँ ,सिपाही अंसारी,जिउत राउत कुर्मी, अरबिन्द पटेल, लगायत स्थानिय भक्तजनहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य पुर्णवासी पटेलले गरेका थिए भने कार्यक्रम संचालन मुक्ति पटेलले गरेका थिए । कौवाबन कटैयामा बनाएको यज्ञशालामा पुजापाठ गरि यज्ञशालाको मुख्यमन्त्री राउतले उद्घाटनगरेका थिए ।

कौवाबन कटैयामा बिहीबारदेखि नौ दिने श्रीबिष्णु महायज्ञको पहिलो दिन कलश यात्रा मा ५ सय ५१ जनाले महायज्ञ स्थलबाट कलश लिएर बाजागाजाको साथ कटैया ,गुलवरिया, प्रसौनी पाचगावा,रामभौरी घुसकपुर गाउँ परिक्रमा गर्दै ,रंगपुर भौरिमाई नजिक खोला कलश थापेर महायज्ञ स्थाल फर्केका थिए । श्री बिष्णु महायज्ञमा नेपाल र भारतका प्रबचन कर्ता र रामलीला, खेल तमासा, र स्टलहरु राखिएको छ ।

Comment


Related News

Latest News

Trending News