अपडेट 
२०७७ चैत्र २०, शुक्रबार १७:१८

नेपालमा थप एक सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ७९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या दुई लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News