अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:२९

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका लालगढस्थित पारिवारिक निजीवन किसानका सवालमा नीतिगत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

पारिवारिक निजीवन संघ प्रदेश नं. २ का अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रामचन्द्र मण्डलले वातावरण अनुकुल बनाउनको लागी वृक्षारोपण गर्नुपर्नेमा जोड दिए । वनलाई जीवनसंग गाँस्दैनौं तव सम्म वन संरक्षण गर्न नसकिने उनले थपे । हाम्रो भविष्य भनेको वन जंगल हो । हाम्रो जीवनको फाउण्डर किसान हो र निजिवन र किसान सँग नङ्ग मासुको सम्बन्ध रहेको उनको भनाई थियो । अहिलेको कानुनमा निजिवनलाई आफनो आवश्यकता पुरा गर्न काटन मिलने व्यवस्था मिलाईएको छ । कार्यक्रममा सांसद शारदा देवी थापाले एउटा विरुवाको मानव जीवनमा कति आवश्यकता छ त्यो सबैलाई बुझन जरुरी रहेको बताइन् । प्रदेशमा वन सम्बन्धी नियम बनेको छ जुन सातैं प्रदेश भन्दा राम्रो रहेको छ ।

त्यस्तै कार्यक्रममा मिथिला नगरपालिका नगर प्रमुख हरिनारायण महतो, निजीवन केन्द्रिय अध्यक्ष जोगराज गिरी लगायत अतिथीहरुको सहभागिता रहेको थियो । पछिल्लो समय पारिवारिक निजी वनको बारेमा नीतिगत तहमा वहस र वन विस्तार तीव्र बनेको छ । निजी जग्गामा रुख र बहुउपयोगी बिरुवा रोप्ने क्रम बढेसँगै यसको विस्तार बढेको हो ।

Comment


Related News

Latest News

Trending News