अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:३६

कलैया । बारा जिल्लामा जनता आवास कार्यक्रम अन्तरगत १ हजार १ सय ६ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

बारामा बसेको बैठकले दलित समुदाय तथा गरिबीको रेखा मुनी रहेका समुदायको निशुल्क रुपमा घर बनाउने निर्णय भएको जनता आवास कार्यक्रमका संयोजक पारस साहले जानकारी दिए । आर्थिक बर्ष ०७७÷०७८ सालका लागि घर निर्माण गर्न निर्णय गरिएको हो ।

जनता आवासका बार जिल्ला संयोजक पारस प्रसाद साहको अध्यक्षतामा सम्पन्न बैठकमा सहसंयोजक प्रदेश साँसद ज्वाला कुमारी साह, प्रदेश साँसदहरु बच्चा प्रसाद यादव, शारदाशंकर जसवाल, सुन्दर विश्वकर्मा, महम्द समिर, शोभा लामा, सिता गुरुङ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सहरी भवन पर्साका निमित प्रमुख राजेन्द्र साह, बिजय यादव लगायतको सहभागितामा बैठक सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News