अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:४९

पोखरिया । मुख्यमन्त्री लालबाबु राउतले पर्साको जगरनाथपुर गाउँपालिका–५ मधुवाहा सिकटा खोलामा पुलको शिलान्यास गरेका छन् । मधुवाहा जगरनाथपुर जोड्ने सिकटा पुलको एक कार्यक्रमका बीच शुक्रबार मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री राउतले पुलको शिलान्यास गर्दै जगरनाथ गाउँबाट बिधालय पढन जाँदा पुलको त कुरा छोडौ बाटोको पनि समस्या रहेको सम्झे । उक्त गाउँमा मुख्यमन्त्री राउतको पुख्र्यौली घर रहेको छ । गाउँमा कुनै समस्या भएमा गाउँबाट बाहिर जान मुस्किल भएको उनले स्मरण गरे । यो पुल र बाटो पहिला बनिसकेको हुन्थ्यो । तर, जमिनदारहरुलाई चुनाव जिताएर पठाउँदा जनताले लामो समयसम्म समस्या भोग्नुपरेको उनले थपे । उनले सोच बदल्नको लागि आग्रह गर्दै प्रदेश विकासको लागि प्रदेश सरकार अघि बढेको बताए । जगरनाथपुर गाउँपालिका वडा नं ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय मसिहानीमा आयोजना गरिएको पुल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । प्रदेश सरकारले प्राबिधिक शिक्षा, कम्प्युटर तालिम, हाउस वाईरिंग, मोबाइल सिकर्मी र महिला हरुको लागी सिलाईकटाई, मैनबती ,अगरबती, लगायतको तालिमको व्यवस्था गरेको बताए ।

प्रदेश सरकारको ७ करोड ८५ लाख १० हजारको लागतमा निर्माण हुन लागेको पुल ४२.२५ मिटर लम्बाई रहेको भौतिक पुर्वाधार बिकास प्राबिधिक कार्यालयका प्रमुख संजय साहले जनाए । पुल निर्माण कार्य २ वर्षमा सम्पन्न गरिने कार्यालय प्रमुख साहले जनाए । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रहलाद गिरी, सिंगासन साह कलवार, करिमा बेगम, जसपा नेपालका केन्द्रीय सदस्य बिरेन्द्र यादव,रामचन्द्र पडित जसपाका जिल्ला अधयक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज आलम, जसपाका नेता मदन चौहान, जसपाका युवा नेता सरिफ गदी स्थानिय रामायण यादव , लगायत ले मन्तब्य ब्यक्त गरेका थिए। शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, जसपाका नागेन्द्र यादव, समिर आलम ,बिधालयका प्रअ नैसोदिन मियाँ लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News