अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:५२

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ निकाल गाउँमा सडक ढलान कार्य शुरु भएको छ ।

नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाले संयुक्त रुपमा एक कार्यक्रमका बीच शुक्रबार शिलान्यास गरेपछि सडक ढलान कार्य शुरु भएको हो । निकाल टोलको मुख्य र सहायक सडक पनि ढलान हुने भएको छ । सडक ढलानको लागि नगरपालिकाले १ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । सडक ढलानको शिलान्यास गर्दै नगरप्रमुख मण्डलले निकाल गाउँको मुख्य र सहायक सबै सडक यसै आर्थिक वर्षमा ढलान गरिने घोषणा गरे । यसको लागि प्राविधिकहरुलाई समेत इस्टिमेट लगायतको कार्य अगाडी बढाउन नगर प्रमुख मण्डलले निर्देशन समेत दिए ।

सो अवसरमा वडा नं. ५ का वडाध्यक्ष शिवशंकर साह, वडा नं. ७ का वडाध्यक्ष रामसेवक मण्डल, वडा नं. ९ का वडाध्यक्ष नरेश मण्डल, उपभोक्ता समितिका अध्यक्ष अजय मण्डल, विद्यार्थी नेता सुधिर कुमार मण्डल लगायत स्थानीय भद्रभलादमीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News