२०७७ चैत्र २४, मंगलवार ०८:०४

सर्लाहीको पर्सा गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना भएको छ ।

गाउँपालिका प्रमुख किशुनदेव रायको अध्यक्षता तथा ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष बिष्नु प्रसाद चालिसेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरि गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना गरिएको छ । हेल्प डेस्क स्थापनाले पालिका भित्रका अपाङ्गता भएकालाई सहायता कक्षले धेरै मदत पुग्ने अपाङ्ग संघका जिल्ला अध्यक्ष बिरेन्द्र रायले बताए । सहायता कक्ष स्थापनाले गाउपालिकामा रहेको अपाङ्ग ब्यक्ति पहिचान र यिनका विकासका लागि अपंगता कक्षले धेरै सहयोग पुग्ने गाउपालिका प्रमुख किसुनदेव रायले बताए । अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता गरे । साथै उनले गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापनामा सहयोग गर्ने एसएनभी नेपाल र ग्रामीण नारी उत्थान संघलाई धन्यवाद व्यक्त गरे । सर्लाहीका चन्द्रनगर,कौडेना गाउपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना भैसकेको हो । कार्यक्रममा गापा उपाध्यक्ष इन्द्रकला साह, वडाध्यक्ष भिखारी साह, महिला शाखा प्रमुख इन्दु साह, एसएनभी नेपालका जिल्ला संयोजक अम्बिका यदब,अपाङ्ग संघ जिल्ला अध्यक्ष बिरेन्द्र राय, संजालका अध्यक्ष सुरेन्द्र साह, नवलकोसोर महतो, कार्यक्रम संयोजक मदन बर्मा लगायत कार्यपालिका सदस्य र अपाङ्ग संजालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News