अपडेट 
२०७७ चैत्र २४, मंगलवार १७:१७

केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भयो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम माग गरिएको थियो । आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । दिपाश्री निरौलाले त प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् ।कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गर्यो । साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् । उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।

ह्याकर ९ कक्षामा पढ्ने १४ वर्षीय किशोर

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News