अपडेट 
२०७७ चैत्र २५, बुधबार ०६:५०

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकैदिन बुधबार(आज) हुने भएको छ ।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक तीन तहको निर्वाचन एकै दिन हुन लागेको हो । तीनै तहको निर्वाचनमा मतदाताले कमसेकम ८३ जनालाई मतदान गर्ने भएका छन् । तीनै तहको लागि छुट्टाछुट्टै ब्यालेट पेपर तयार गरिएको छ । ब्यालेट पेपरमा टिक लगाएर मतदान गर्ने व्यवस्था गरिएको छ । नेपाल पत्रकार महासंघको तीनै तहका उम्मेदवारहरुले केही दिन अगावैदेखि तयारी थालेका छन् । केन्द्रिय, प्रदेश र जिल्ला तहका उम्मेदवारहरुले निर्वाचन अगावै उम्मेदवारी दर्ता गराएर मत माग्न व्यस्त भएका छन् । नयाँ नेतृत्वका लागि हुने मतदानमा उम्मेदवारहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् मत माग्दै आएका छन् । महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदकै लागि गजेन्द्र बुढाथोकी पनि चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन् ।

Comment


Related News

Latest News

Trending News