अपडेट 
२०७७ चैत्र २५, बुधबार ०७:०१

मलगंवा । सर्लाहीको धनकौल गाउँपालिकामा ८० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल चेयर लगायतका सहयोग सामाग्री वितरण गरिएको छ ।

धनकौल गाउँपालिकाको आर्थिक सहयोगमा परिवर्तन संस्था द्वारा संचालित अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो गापामा बसोबास गर्ने ८० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल चेयर,बैशाखी,पंखा, हर्लिक्स लगायतका सामाग्री वितरण गरिएको हो । गापा अध्यक्ष रामाश्रय साहको प्रमुख आतिथ्यतामा हालै सम्पन्न भएको कार्यक्रमका बिच उनीहरूलाई ती समाग्री वितरण गरिएको परिवर्तन संस्थाल जानकारी गराएको छ । प्रमुख प्रशासकीय अधिकृत मो.महफुज अहमद लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हरिनन्दन अम्वेडकरले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन प्रविण यादवले गरेका थिए । सहायता सामाग्री पाएपछि लक्षित वर्गले गाउँपालिका र आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

Comment


Related News

Latest News

Trending News