अपडेट 
२०७७ चैत्र २५, बुधबार ११:३८

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।

क्रिकेटको सबैभन्दा रोमाञ्चक फर्म्याट मानिने ‘टी–२०’ अन्तर्गत भारतका विभिन्न फ्रेन्चाइजी टिमबीच हुने यो प्रतियोगिता यस पटक भने विगतको भन्दा केही पृथक देखिनेछ । आइपिएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही नयाँ नियम बनाएको छ भने केही नियमलाई परिमार्जन गरेको छ । जसले गर्दा आइपिएलको यो सिजनमा दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्ने अपेक्षा लिइएको आयोजक कमिटीको भनाइ छ । आइपिएलको पहिलो म्याच शुक्रबार साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर बेंग्लोरबीच हुनेछ ।

Comment


Related News

Latest News

Trending News