अपडेट 
२०७७ चैत्र २६, बिहीबार ०७:०४

मलगंवा । बाल अधिकारको संरक्षण प्रवर्द्धन तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन स्थानीय तहको भुमिका सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठी बुधबार मलंगवामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिसस उपप्रमुख जमुना पराजुली ,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी,९ वटा पालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, महिला तथा बालबालिका शाखा प्रमुख, प्रहरी प्रमुख, राष्ट्रिय बालअधिकार परिषद् प्रतिनिधि, साझेदार संस्थाहरु वल्र्डभिजन, बाल हेल्पलाइनका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सबै पालिकाबाट सहभागी भएकाहरुबाट स्थानीय तहमा बालअधिकार सम्बन्धि कार्य प्रगतिको प्रस्तुतीकरण तथा छलफल गरि ऐनको कार्यान्वयनको लागि प्रतिबद्दता व्यक्त गरिएका थिए ।

Comment


Related News

Latest News

Trending News