अपडेट 
२०७७ चैत्र २६, बिहीबार ०७:०८

मलगंवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–५ भाँडसरमा सोमबार बिहान घर अगाडि खेल्दाखेल्दै हराएका ३ वर्षीय बालक भारतमा फेला परेका छन् ।

भाँडसर बस्ने स्थानीय रमेश सहनीका ३ वर्षीय छोरा आदर्श सहनी सोमवार बिहान ११ बजे आफ्नै घर वरिपरिबाट खेल्दाखेल्दै बेपत्ता भएका थिए । बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको सोनवर्षा थाना मुसहरनिया भन्ने गाउँबाट सकुशल फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । बालक हराएको भन्ने जानकारी पाउनासाथ तत्कालै सर्लाही प्रहरी प्रमुख एस.पी संतोष सिंह राठौरको सक्रियतामा प्रहरी निरीक्षक कृष्ण गिरीको कमान्डमा खोजतलास टोली परिचालन गरि भारतीय काउन्टर पार्टस् सँगको समन्वयमा बालकको खोजतलास गर्ने क्रममा मंगलबार दिउँस भारतको मुसहरनिया भन्ने गाउँमा फेला पारेको कुवँरले बताए । फेला परेका बालकलाई सो ठाउँबाट उद्धार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएर परिवारको जिम्मा लगाएर यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको डिएसपी कुवँरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News