अपडेट 
२०७७ चैत्र २६, बिहीबार १३:४४

नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन् ।

प्रेस युनियन, प्रेस संगठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चको गठबन्धनबाट कार्यसमितिका २ जना सदस्य मात्र विजयी भएका छन् । अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी, उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्षमा सुष्मा शर्मा र सचिवमा भूषण यादव, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीतर्फ जीतेन्द्र साह, कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् । कार्यसमिति सदस्यमा मधेसीतर्फ तिवारी यादव, महिला सदस्यमा कविता खड्का, आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी, अन्य समावेशी सदस्यमा नेहाल खान र अमित अग्रवाल विजयी भएका निर्वाचन समितिले जनाएको छ । खुला सदस्यहरूमा अजय चौरसिया, नरेश सर्राफ, धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाह विजयी भए । सदस्यमा विजयी अमित, अजय र नरेश तीन जनामात्रै प्रेस युनियन गठबन्धनका उम्मेदवार हुन् । यसअघि दलित सदस्यतर्फ चौतारी प्यानलकै सुवास राम निर्विरोध निर्वाचित भएका थिए ।

महासंघका तीनजना केन्द्रीय परिषद सदस्यमा चौतारी प्यानलकै महेशचन्द्र गौतम, विजय भण्डारी र विजय कुशवाहा विजयी भए । महिलातर्फ चौतारी प्यानलकै रसना ढकाल निर्विरोध निर्वाचित भएकी थिइन् । यसैगरी, प्रदेश परिषद् सदस्यमा चौतारी प्यानलका आशिक अन्सारी, प्रकाश तिवारी, विनोद परियार, कन्हैया गुप्ता, निरञ्जन मिश्र, कन्हैयाकुमार साह र शिवशकंर साह र गठबन्धनका कृष्णकुमार खनाल र रामनारायणप्रसाद कुर्मी विजयी भए ।

Comment


Related News

Latest News

Trending News