अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०६:०४

जनकपुरधाम । दोश्रो लहरको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश २ का जिल्लाहरुमा दिनैपिच्छे सक्रिय संक्रमितको संख्या थपिएको छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार मात्रै प्रदेशमा १५ जना संक्रमितको संख्या थप भएको छ । यसका साथै प्रदेशमा सक्रिय संक्रमितको संख्या ८० पुगेको छ । गएको २४ घण्टामा वीरगंजमा ३४ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५ जनाकेजेटिभ रहेको स्वास्थ्य निर्देशनालयका डा. कमलेश प्रसाद यादवले जनाए । यादवका अनुसार गएको २४ घण्टामा प्रादेशिक प्रयोगशालामा १३ जनाको एन्टिजेन विधि र गौर अस्पतालमा २ जनाको आरटी पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । छिमेकी राष्ट्र भारतबाट आएका नेपालीहरुमा परीक्षण गरिएको छ । सक्रिय संक्रमित हुनेमा अधिकांश भारतबाट फर्केका नागरिकहरु रहेको निर्देशनालयले जनाएको छ । बिहीबार फेला परेकोमा सबैभन्दा बढी बारामा सात महिलासहित १३ जना रहेका छन् ।

पर्सा र अन्य जिल्ला गरी दुई जना संक्रमित भएका छन् । स्वास्थ्य अवस्था समान्य रहेकोले उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् । तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ

Comment


Related News

Latest News

Trending News