अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०६:०६

काठमाण्डु । नेपाली कांग्रेसले सरकार बनाउनका लागि पहलकदमी थालेको छ । कांग्रेसले शुक्रबार(आज) प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । ओली नेतृत्व सरकारको समयसीमा लम्बिदै गएपछि कांग्रेसले पुनः पहलकदमी गरेको हो । यसअघि पनि कांग्रेसले दुवै दलका शिर्षस्त नेताहरुसित छलफल गरेका थिए । तर, छलफल नतिजामुखि हुन सकेको थिएन् । जसपाका केही नेताहरु ओलीसित नजिकिदै गएको बेला देउवाले छलफलको लागि आमन्त्रण गरेको हो । जसपाका अध्यक्ष महन्थ ठाकुरसित यसअघिको छलफल नतिजामुखी हुन सकेको थिएन् । नेताहरुका अनुसार देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्ने भएका छन् । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।

उनीहरुले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाएका छन् । कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ ।

Comment


Related News

Latest News

Trending News