अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०६:१८

गौशाला । महोतरीमा गोली प्रहार गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी औरही–४ शेरा स्थित सिंहासनीबाट शेरा तर्फ आउने जाने भित्री ग्राभेल सडकमा बर्दिबासका २८ वर्षीय रोशन कोईरालामाथि गोली प्रहार गर्ने बर्दिबास –३ का ३० वर्षीया सन्तोष यादबलाई प्रहरीले पक्राउ गरेको हो । कोइराला ज.१२ प. १९११ नं. को मोटरसाईकलमा गईरहेको अबस्थामा सुजुकी जिक्सर मोटरसाईकलमा यादब गोली प्रहार गर्दा कोईरालाको दाहिने हात तथा दाहिने साईडको कम्मर माथीको भागमा गोली लागेको थियो ।गोली प्रहारबाट सख्त घाईते बनाएको र उक्त घटनास्थलमा फायर गरिएको गोलीको २ थान खोका र १ थान बुलेट बरामद भएको थियो । घटनामा संलग्न सन्तोष यादवलाई गोप्य रूपमा सुराक पत्ता लगाई खोजतलाश गर्ने क्रममा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । पक्राउ परेका यादवलाई ज्यान मार्ने उधोग तथा हातहतियार खरखजना मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको छ

Comment


Related News

Latest News

Trending News