अपडेट 
२०७७ चैत्र २८, शनिबार १०:५७

कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News