अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:१२

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ का २० वर्षीय गुड्डु भनिने रामजतन मुखिया रहेका छन् । मुखियालाई ईलाका प्रहरी कार्यालय लहानको टोलीले लहान नगरपालिका १ बाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए । उनका अनुसार मुखियामाथि थप अनुसन्धान भइरहेको छ । गत चैत १ गते दिउँसो कार्यालयमा भीडभाड रहेकै बेला बम विस्फोट गराउँदा ८ जना घाईते भएका थिए । विस्फोटको जिम्मा तत्कालै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले लिएका थिए । यसअघि सो विस्फोटमा संलग्न मोर्चाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ । चैत १६ मा सिरहाको सुखीपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई एक÷एक थान पेस्तोल र दुई÷दुई राउण्ड गोलीसहित प्रहरीले सुखीपुरबाटै पक्राउ गरेको थियो । मालपोतमा भएको बम विस्फोटपछि सिरहामा सरकारी कार्यालयहरुमा सुरक्षा सतर्कता बढाइएको छ । मालपोत कार्यालय लहानमा बिना कामका व्यक्तिलाई प्रवेश गर्न दिइरहेको छैन ।

Comment


Related News

Latest News

Trending News